Logo

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भोलीदेखि बिक्रि खुला



काठमाडौं, १ माघ । अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भोलीबाट बिक्रि खुला हुँदैछ । हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ माघ २ गतेबाट बिक्रि गर्ने भएको हो ।

कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको बैकले जनाएको छ ।  ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको छ ।

लगानी गर्न इच्छुक आवेदकहरुले माघ २ गतेबाट माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । कम्पनीले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रि गर्न अनुमति पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्