Logo

वास्तुशास्त्र अनुसार बिहान उठेपछि के गर्न हुने के गर्न नहुने



बिहान उठेर नराम्रो चिज सम्झन हुँदैन् । जब सबै जगत सुतिरहेका हुन्छन, त्यसलाई काल सन्धि भनिन्छ । यसैले वास्तुशास्त्रमा बिहानै उठेपछि गर्ने नियम बताइएको छ ।  रात र दिन अर्थात दिन र रात जहाँ भेटिन्छन् त्यसलाई सन्धी भनिन्छ । यो समयमा हाम्रो मस्तिष्क पनि धेरै संवेदनशील हुन्छ । यतिबेला केही नराम्रा र नकरात्मक कार्य गर्न र नराम्रो चीज हेर्नु हुँदैन । नराम्रो सुन्दा र हेर्दा दिनभर नकरात्मक ऊर्जाको प्रभाव पर्न सक्छ ।

के नगर्ने
बिहान उठेर यस्ता व्यक्ति र पशुको अनुहार हेर्न हुँदैन, जसलाई हेर्दा मनमा नराम्रो भाव र्पैदा हुन्छ ।
बिहान उठेर कोही रोएको आवाज सुन्नु नराम्रो हो । त्यसैले टीवीमा पनि रोएको कार्यक्रम हेर्न हुन्न ।
बिहान मस्तिष्कलाई धेरै बाधा पुर्याउनु हुन्न । समाचार र टीवी हेर्न हुँदैन ।
बिहान उठेर रातको कुनै कुरा सम्झेर झगडा गर्न बाट बच्नुपर्छ ।
बिहान उठेर कठोर शब्द बोल्नु हुँदैन् ।
बिहान बादर, कुकुर र सुगुरको नाम लिँदा शुभ हुँदैन् ।

के गर्ने
शौचालय नगई भोजन गर्नुहुन्न् ।
बिहान उठेर सुर्यलाई हेरेर प्रणाम गर्नुहोस् ।
बिहान उठेर भगवानको नाम लिनुहोस् ।
बिहानै कुलदेवतालाई नमन गरेर हरेक दिनको सुरुवात गर्दा कामना पुरा हुन्छ ।
बिहान नुहाएर भगवानको प्राथना गर्नुहोस् । यसबाट जीवन सफल हुन्छ ।



प्रतिक्रिया दिनुहोस्