Logo

विभाजित नेकपा स्थायी कमिटीको छुट्टाछुट्टै बैठकः बालुवाटारमा चुनावको र पेरिसडाँडामा आन्दोलनको कुरा



काठमाडौं, १ माघ । विभाजित नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बालुवाटार र पेरिसडाँडामा छुट्टाछुट्टै बसेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड माधव समूहले आन्दोलनको समिक्षा गरेको छ ।

स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी दिनमा आन्दोलनलाइ अझ सशक्त बनाउनेबारे छलफल भएको जानकारी दिए । उनले आन्दोलनमा अन्य दलसँग मिलेर जानेबारे पनि छलफल भएको बताए ।

यसैगरी, नेकपाको ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि तयार हुन निर्देशन दिएका छन् । ओलीले चुनाव वैशाखमै हुनेमा ढुक्क हुन बताउँदै निर्देशन दिएका थिए ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्