Logo

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बारखम्बा रोड पुगेर दूतावासका कर्मचारीसँग छलफल



नयाँ दिल्ली, १ माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारत भ्रमणको पहिलो दिन बारखम्बा रोडस्थित नेपाली राजदूतावास पुगेका छन् । साँझ दूतावास पुगेका उनले राजदूत निलाम्बर आचार्य र कर्मचारीहरुसँग भेटघाट गरेका छन् ।

मन्त्री ज्ञवालीले नेपाल भारत सम्बन्ध सुदृढ बनाउने गरी काम गर्न दूतावासका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले भोलिबाट हुने भेटवार्ताको तयारीबारे समेत छलफल गरेका छन् ।

यसअघि तीन दिने भारत भ्रमणका लागि राजदूत ज्ञवाली दिउँसो नयाँ दिल्ली आइपुगेका हुन् । उनले भोलिबाट भेटघाट शुरु गर्नेछन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्