Logo

भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगता हुने



वाग्मती, २ माघ: हेटौँडामा आगामी माघ ५ गतेबाट १० गतेसम्म हेटौँडा भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैठौ संस्करण २०७७ हुने भएको छ । हरेक वर्ष हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगितामा यो वर्ष देशभरिका करिब २० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

हेटौँडाको हुप्राचौरमा आयोजना गरिने प्रतियोगितामा चालिस वर्षमाथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीको सहभागिता रहने क्लबका उपाध्यक्ष नवराज बज्राचार्यले बताए । छैठौ संस्करणको प्रतियोगितामा विजेता टिमले क्रमशः प्रमाणपत्र, शिल्डसहित नगद रु एक लाख एक हजार १११, उपविजेताले नगद रु ५१ हजार १११ रहेको जनाइएको छ ।

त्यस्तै सर्वश्रेष्ठ खेलाडीले रु १० हजार, खेलको सर्वश्रेष्ठ मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र समूह कोचलाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचको पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष पाँचौँ राष्ट्रिय भेन्ट्रान्स कपको विजेता बगर भाइखलक पोखरा बनेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्