Logo

रिय म्याड्रिड स्तब्ध भएपछि स्पेनिस सुपर कपका लागि बार्सिलोना र एथ्लेटिको बिल्बाओ भिड्ने



एजेन्सी, २ माघ। स्पेनिस जाइन्ट बार्सिलोना स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । बिहिवार राति भएको दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै एथलेटिको बिल्बाओले फाईनलमा प्रवेश गरेको हो । बिल्बाओल रियल म्याड्रिडलाई २–१ ले हरायो । यो संगै सुपर कपको फाइनल बार्सिलोनासँग एथलेटिको बिल्बाओ भिड्ने भएको छ । फाईनल खेल आईतवार हुनेछ ।

दोस्रो सेमिफाईनलमा सुरुवाती अग्रता बिल्बाओले १८ औं मिनेटमा गार्सियाको गोलबाट लिएका थियो भने ३८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गार्सियाले बिल्बाओको अग्रता दोब्बर बनाउने काम गरे । बेन्जिमाले ७३ औं मिनेटमा एक गोल फर्काएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्