Logo

आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा



एजेन्सी २ माघ। इंग्लिस प्रिमियर लिगमा आर्सनल र क्रिस्टल प्यालेसले बिहीबार गोलरहित बराबरी खेलेका छन् । यससँगै लयमा फर्कने प्रयासमा रहेको आर्सनलले घरेलु मैदानमा पूरा तीन अंक जोड्ने अवसर गुमाएको छ ।

आर्सनलको १८ खेलबाट २४ अंक छ । टोली अझै ११ औं स्थानमा छ । प्यालेस भने २३ अंकसाथ १३ औं स्थानमा रहेको छ । तीन साताअगाडिसम्म आर्सनललाई रेलिगेसनको उम्मेदवार मानिएको थियो ।

तर सबैखाले प्रतियोगितामा लगातार चार खेल जितेपछि आर्सनलले आफ्नो स्थिति बलियो बनाएको छ । उसको यही क्रमलाई प्यालेसले बिहीबार रोकिदिएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्