Logo

अमेरिकाबाट उडेर आएको परेवालाई अष्ट्रलियन सरकारले मार्न खोजेपछि…



एजेन्सी, २ माघ । अष्ट्रेलियाले आफ्नो देशमा नयाँ वस्तु तथा सामाग्रीलाई अनुमति बेगर भित्रन दिदैन । यतिसम्मकी विमानस्थलमा अर्को देशको बीऊ विजन पनि रोक लगाउँछ । उसले आकाशबाट उडेर आउने पन्छीमाथि समेत निगरानी गर्छन । त्यस्ता पन्छीहरुले रोग ल्याउन सक्ने भएकाले आवश्यक पर्दा मार्ने समेत गर्दन । पछिल्लो समय एउटा पन्छीलाई अष्ट्रेलियाले मार्न खोजेको छ ।

नयाँ घरको खोजीमा अमेरिका देखि १३ हजार किमीको यात्रा तय गरेर एक परेवा अष्ट्रलियासम्म सुरक्षित रुपमा आइपुगको छ । महामारीको अवस्थामा आएको परेवालाई क्वारेन्टाइनको जोखिम रहेको कारण चरालाई अष्ट्रलियाली सरकारले मार्न खोजी रहेको छ ।

परेवा अमेरिकामा रेस गर्ने गर्दथ्यो । गत वर्ष अमेरिकाको ओरेगन राज्यमा अक्टोबर २९ मा भएको परेवा रेसबाट भागेको परेवा अष्ट्रलियामा २६ डिसेम्बरमा एक घरको पछाडी देखिएको थियो । अनौठौ प्रकारको परेवा भएको कारण उक्त परेवाले निकै चर्चा कमायोे । परेवा कार्गो सीपमा बसेर प्यासिफिक महासागरलाई पार गरी अष्ट्रेलिया सुरक्षीत आइपुगेको जनाइएको छ । परेवाको नाम जो भनिएको छ । उक्त परेवाले सम्पूर्ण अष्ट्रेलियाली मिडियाको ध्यान तानेको छ । तर, महामारीको उच्च जोखिम रहेको अवस्थामा उनलाई सम्बन्धीत निकायहरुले मार्न खोजी रहेका छन् ।

परेवा अमेरिकाबाट आएको हो भने त्यसमा चराको रोग हुनसक्ने सम्भावना प्रवल रहेको जनाइएको छ । परेवाले रोग फैलाउन सक्ने डरले सम्बन्धित निकायका अधिकारीहरुले पेशेवर चरा समात्ने मानिस खोजी रहेको छ जसले चरालाई समात्न मद्दत पुर्याउने छ । अष्ट्रेलियाका एग्रिकल्चर विभागले परेवालाई अष्ट्रलिया छिर्ने मान्यता नरहेको बताउँदै उसले खाद्यान्न र जंगली चराहरुको जनसंख्यालाई असर गर्न सक्ने जनाएको छ । यसले सिधा रुपमा अष्ट्रेलियामा रहेका चराहरुको जीवनमा समेत असर पुर्याउने सक्ने भनिएको छ । जो नाम गरेको परेवा रेसिङमा भाग लिएको विषय सार्वजनिक भइसकेको छ । तर, परेवाको मालिकको भने अझ पत्ता लाग्न सकेको छैन् । उनको समेत विभिन्न तरिकाबाट सम्पर्क गर्ने प्रयास भइरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्