Logo

हातहतियार सहित ५ जना पक्राउ



डोल्पा, २ माघ । हातहतियार सहित ५ जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका-११ स्थित मुँ गाउँबाट २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिंङ सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्र प्रसाद वुढा, सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय मान बहादुर वुढा, सोही नगरपालिका-७ बस्ने २१ वर्षीय गोकर्ण वुढा, ४२ वर्षीय सूर्य बहादुर वुढा र २५ वर्षीय चन्द्र रुप केसी रहेका प्रहरीले जनाएको छ ।

प्रहरी चौकी त्रिपुराकोट र शे–फोक्सोण्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले चन्द्र प्रसाद बुढा समेतको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्