Logo

कोरोनाबाट थप ५ जनाको मृत्यु



काठमाडौं, २ माघ । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २ सय ७० थपिएका छन् । आज ३ सय ९० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६६ हजार ८ सय १६ संक्रमित भएपनि २ लाख ६० हजार ५ सय ६७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ३ सय १ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ५ हजार १ सय २५ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या २३१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्