Logo

२४ घन्टामा काठमाडौमा थपिए १७२ संक्रमित



काठमाडौं, २ माघ । काठमाडौं उपत्यकामा आज १७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर २ सय ७०  जना थपिएकोमा काठमाडौंमा मात्र १७२ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये  ५९ महिला र  ११३ पुरुष रहेका छन् । आज ३ सय ९० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६६ हजार ८ सय १६ संक्रमित भएपनि २ लाख ६० हजार ५ सय ६७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ३ सय १ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ५ हजार १ सय २५ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या २ सय ३१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्