Logo

श्रीलंकाका पूर्व मन्त्रीलाई चार वर्ष कैदको फैसला



एजेन्सी, २ माघ । श्रीलंकाली प्रतिपक्षी दलका नेता तथा प्रर्व मन्त्रीलाई सर्वोच्च अदालतले चार वर्ष कैदको फैसला सुनाएको छ । उनले प्रधानमन्त्री कार्यलय अगाडी सन् २०१७ मा दक्षिण एसियामा रहेको सम्पूर्ण न्यानधिशहरु भ्रष्ट रहेको भनेका थिए । उक्त विषयमा उनलाई सर्वोच्च अदालतले चार वर्ष कैदको फैसला सुनाएको हो ।

५७ वर्षिय सञ्जन रामानाएकेको भनाई टाइम्स अफ इन्डियाले उदृत गर्दै भनेका छन्, ‘श्रीलंकाका न्यायधिश र वकिलहरु सबै जना भ्रष्ट छन् । उनीहरु पैसाका लागि काम गर्ने गर्छन् ।’ उनलाई लामो समय पछि सर्वोच्चले चार वर्ष कैदको फैसला सुनाएको छ । दुष्प्रचार गरेको र लाखौँ फोनकललाई रेकर्ड गरेको आरोपमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । उनले केही न्याायधिशहरु संग विभिन्न पेचिलो मुद्दाहरुमा कुराकानी गरेको सामाजिक सञ्जालहरुमा समेत भाइरल भएको थियो । यस विषयहरुमा थप अनुसम्धान भइरहेको जनाइएकोछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्