Logo

व्यापार युद्धमा चीनको जीत !



एजेन्सी, २ माघ । गत वर्ष विश्वलाई स्तब्द पार्ने कोरोना भाइरसले सम्पूर्ण देशको अर्थ व्यवस्थालाई धारासाही बनाएको थियो । त्यस बेला चीन र अमेरिकाको व्यापार युद्ध चलिरहेको थियो । गत वर्ष चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित थियो । आधिकारिक निकायले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार चीनको गत वर्षको कुल व्यापार डिसेम्बर महिनासम्म अधिशेष ५ खर्बको रहेको थियो । यो सन् २०१९ को तुलनामा २७ प्रतिशतले बढेको जनाइएको छ । यो अहिलेसम्म कै उच्च बृद्धी भएको सिएनएनले लेखेको छ ।

चीनप्रतिको नजर विश्व मै अविश्वस्नीय रहेको बेला महामारीले उक्त नजरलाई परिवर्तन गरेको जनाइएको छ । यस कारण चीनले आफ्नो व्यापारलाई नयाँ उचाइमा लग्न सफल भएको हो । महामारीलाई चीनले एक वर्ष भीत्र अन्य देशका तु्लनामा नियन्त्रण गर्न सफल भएको र महामारीमा चाहिएको सामाग्री र प्रविधि मैत्री सामाग्रीलाई माग अनुसार अन्य देशलाई पठाउने क्रममा उसको व्यापारमा बृद्धी भएको जनाइएको छ ।

चीनले महामारी नियन्त्रण गरेपश्चात अमेरिकामा उक्त महारी अनियन्त्रीत भएको थियो । र, चीनले मौकामा आफ्नो व्यापारलाई सुचारु गर्दै आयात निर्यातलाई ध्यान समेत दिएको थियो । अत्यावश्यक सामाग्री चीनले सम्पूर्ण देशलाई प्रदान गरेको थियो । अमेरिका र बेजिङको व्यापारले चीनको अर्थिक अवस्थालाई नयाँ उचाई दिएको छ । गत वर्ष ३१७ बिलिअन डलरले चीनको व्यापार भएको थियो । सन् २०२० मा हमेरिकाले चीनसित सामाग्री खरिद गर्न सुरु गरे पछि नै ट्रम्पले सुचारु गरेका व्यापार युद्धमा अमेरिका फेल भएको र चीनले सजिलै जीत हासिल गरेका सिएनएनले लेखेको छ ।

रिउटर्को रिपोर्ट अनुसार चीनको अर्थ व्यवस्थामा आउने तीन महिनामा २.१ प्रतिशतले बद्धी हुने छ । अमेरिकाको नयाँ नेतृत्वले चीनसंग व्यापार युद्ध भन्दा पनि सामाग्री आयात गर्ने योजनामा जोड दिन सक्ने जनाइएको छ । तर, चीनमाथि लगाइएको टारिफलाई बाइडेन सरकारले तुरुन्तै परिवर्तन गर्न नसक्ने थप केही समय लाग्ने अर्थ विज्ञहरुले जनाएका छन् । नयाँ नेतृतवले दूवै देशको व्यापारमा सम्बन्ध दबलियो हुने समेत जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्