Logo

चन्द्रागिरि हिल्समा सेयर हाल्ने सबैलाई केबलकारमा २५ प्रतिशत छुट



काठमाडौं, २ माघ । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं वार्षिक सधारण सभा बिहीबार चन्द्रागिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ । सभाले हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ ।

कम्पनीको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेकोले सम्पूर्ण आवेदकहरुको सम्मानका लागि यस्तो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छूट सुविधाकालागि टिकट काउन्टरमा देखाउनुपर्ने पनि कम्पनीले बताएको छ । फर्महरु भर्नेहरुले कम्पनीको उक्त योजना माघ ५ गतेदेखि एक वर्षसम्मको लागि लागु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्