Logo

गरिमा विकास बैंकको साधारण सभा माघ ३० मा हुने



काठमाडौं, २ माघ । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई घोषणा गरेको लाभांश वितरण गर्ने भएको छ । बैंकले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

सभा माग ३० गते होटल पोखरा ग्राण्ड, विरौटामा गर्ने जानकारी दिएको छ । यसको साथै सभाले नियमावली संशोधन गर्ने र उपयुक्त बैक तथा वित्तीय संस्थासँग मर्जर गर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।

साधारण सभाको लागि बैंकले माघ १२ गतेबाट ३० गतेसम्म बुकक्लोज गर्ने भएकाले माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र लाभांश प्राप्त गर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्