Logo

तिनाउ मिसनको शेयरमुल्य शुक्रबार समायोजन



काठमाडौं, २ माघ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तिनाउ मिसन डेभलभपमेन्ट बैंकको शेयरमुल्य समायोजन गरेको छ । बैंकको ६ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य नेप्सले आज समायोजन गरेको हो ।

६ प्रतिशत बोनस शेयर समायोजन पछि नेप्सेले बैंकको नयाँ शेयर मुल्य १८६ रुपैयाँ निर्धारण गरेको छ । बैंकको अन्तिम कारोवार शेयर प्रतिकित्ता १९७ रुपैयाँमा भएको थियो । आइतबार प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्