Logo

सामाजिक सञ्जालमा ’जब भ्याकेन्सी’को विज्ञापन राखेर ठग्ने पक्राउ



काठमाडौं, २ माघ । सामाजिक सञ्जालमा ’जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गर्ने एकजना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ’जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काडाँघारी बस्ने दोलखा घर भएका शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा ’जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्