Logo

प्रधानमन्त्रीलाई न्यायाधीशलाई भेटेको भन्दै शशी श्रेष्ठले उठाइन् प्रश्न



काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको इजलासमा विचाराधीन अवस्थामा न्यायाधिशहरुले भेटेको भन्दै रिट निवेदकहरुले प्रश्न उठाएका हुन् ।

रिट निवेदक शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधिसहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमा प्रश्न उठाएकी हुन् । उनले भेटको समय र मिति नै तोकेर प्रश्न उठाइन् । मुद्दा चलिरहेको समयमा विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेको न्यायाधीशहरुले भेट गरेकोमा आपत्ती जनाइन् ।

उनले न्यायाधीशहरु सपना मल्ल, दिपक ककार्की, मिरा खड्का र हरिकृण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको बताइन् । यस्ता गतिविधिले जनताले न्यायालयप्रतिको विश्वास टुट्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्