Logo

सर्वोच्चको परमादेशले प्रधानमन्त्री ओली उत्साही



काठमाडौं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमै सुनुवाई हुने परमादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली उत्साही भएका छन् । उनका प्रेस सल्लाकार सुर्य थापाले अदालतको आदेश नै सामाजिक सञ्जालमा राखेर खुशी व्यक्त गरेका छन् ।

उनले अदालतको आदेश भन्दै फैसलाको कपी नै राखेका छन् । ओली पक्ष संवैधानिक इजलासमै सुनुवाई भई किनारा लागोस् भन्ने पक्षमा छ । विपक्षीहरु भने बृहत पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने पक्षमा थिए ।

आजै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितका न्यायाधीशहरुको इजलाशले संवैधानिक इजलासमै सुनुवाई गर्ने आदेश जारी गरेको थियो ।

सर्वोच्चले उत्प्रेषण परमादेश गर्दै भनेको छ,‘यसमा प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहद पूर्ण इजलासबाट सुनुवाई गरी पाउँ भन्ने मित २०७७ पौष २२ को निवेदन पेश भयो । प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ ३ बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकहरुको मागबमोजिम गर्नु परेन । कानुन बमोजिम गर्नु ।’ योसँगै हेर्दाहेर्दैको पेशी आइतबारका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जबरासहित संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्