Logo

प्रचण्ड-नेपाल समूहको नेकपा प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत



काठमाडौं, २ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहको प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत नियुक्त भएका छन । आज बसेको उक्त समूहको स्थायी समितिको बैठकले बस्नेतलाई इञ्चार्ज तोकेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बस्नेतलाई इञ्चार्ज तोकिएको र राम कार्की, जयन्ती राई र राजेन्द्र राईलाई सहइञ्चार्ज तोकिएको जानकारी दिए ।

यसैगरी बैठकले आन्दोलनको समिक्षा, माघ १६ गते काठमाडौंमा गर्ने शक्ति प्रदर्शनको तयारी, प्रदेशबाट आएको सुझावको आधारमा आन्दोलनको मोडालिटी तयार गर्नेबारे निर्णय गरेको छ ।

आजको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणप्रति आशंका व्यक्त गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हकभोग कायम गर्न नेपाली जनता र संसदले एकमत भई भारतसँग सार्थक वार्ता गर्नका लागि आग्रह गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरिएएको अवस्थामा भारत भ्रमण गरी वार्ता आरम्भ गर्ने कार्यलाई सन्देहपूर्ण भनेको छ ।



प्रतिक्रिया दिनुहोस्