Logo

भूकम्प सुरक्षा दिवश : कपिलवस्तुमा सशस्त्रको चेतनामूलक कार्यक्रम



माघ २, काठमाण्डौ । २३ औ भुकम्प सुरक्षा दिवश कपिलवस्तुमा पनि मनाईएको छ । दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल ५ नम्वर बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाले एक कार्यक्रमको आयोजना गरी भुकम्प सुरक्षा दिवश मनाएको छ । सशस्त्र प्रहरी बलले जनस्तरमा भुकम्प आगामी समयमा कसरी सुरक्षीत हुने भन्ने बारेमा कपिलवस्तुको चन्द्रौटामा जनचेतनामुलक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाका सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले सशस्त्र प्रहरीमा जस्तो सुकै विपतको पनि सामना गर्न सक्ने क्षमता रहेको बताए । डिआईजी प्रधानले सशस्त्र प्रहरीले जिल्ला जिल्लामा विपत व्यावस्थापन समुह निर्माण गरेको जानकारी दिए । डिआइजी प्रधानले सशस्त्र प्रहरी बलले स्थापना कालदेखिनै विपत तथा प्रकोपको सामना गर्दै जनताको सेवामा समर्पीत रहेको बताए ।

कार्यक्रममा सहभागी सुरक्षा निकाएका प्रतिनिधिहरुले सशस्त्र प्रहरी बलले नागरिकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती गराउनुका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई रोक्न विशेष जोड दिएको बताएका थिए । कार्यक्रमका सहभागीहरुले भुकम्प, बाढि पहिरो आगलागी जस्ता विपतमा सशस्त्र प्रहरीले धेरै नेपालीहरुको ज्यान बचाउन सफल भएको बताएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बलका जवानहरुले विपत वाट बच्न सकिने अभ्यास बारे प्रस्तुती दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्