Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाको आवेदन



वीरगञ्ज, माघ ३। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका छन् ।विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रवार साढें ४ बजे सम्ममा कुल निष्काशनको ४८ दशमलव ८७ प्रतिशत शेयरको लागि आवेदन परेको हो ।

विक्री प्रबन्धकका अनुसार सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको छ ।कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू। ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।



प्रतिक्रिया दिनुहोस्