Logo

प्रतिवादीहरुले नै पत्र बनाएपछि कम्पनी रजिष्ट्रारको कार्यालयका अख्तियारको छानबिन



काठमाडौं, ३ माघ । कम्पनी रजिष्ट्रारको कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । मुद्दा झेलिरहेका कार्यालयका कर्मचारीले आफु अुनुकुल हुने गरी अदालतलाई पत्र लेखेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको हो ।

भारतीय नागरिक राम निरञ्जन जटियाको कम्पनीको शेयर बेच्दा कीर्ते कागजपत्रलाई आधार बनाएको भन्दै प्रहरीले विगतमा कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उप–रजिष्ट्रार गंगाधन पौडेल, धर्मराज रोकायसहितका कर्मचारीविरुद्ध मुद्दा चलेको थियो ।

उनीहरुले त्यसको दोष आईटी शाखालाई दिएर आफु उन्मुक्ति पाउने चलखेलमा लागेपछि आयोगले सुचना पाएर छानबिन थालेको हो । उनीहरुको लिखित आदेशका आधारमा आइटी शाखाले थप काम गर्दछ । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले अदालतलाई लेख्नुपर्ने पत्र पौडेल र रोकाय आफैंले तयार बनाएपछि आशंका बढेको हो । सोही कारण छानबिन थालिएको अख्तियारका एक अधिकारीले बताए ।दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्