Logo

कोरोनाविरुद्ध विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु



एजेन्सी, ३ माघ । कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज खोप अभियानको घोषणा गरेका हुन् ।

अभियानको पहिलो चरणमै तीन करोड व्यक्तिले खोप लगाइने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देशमार्फत् दिएका छन् । पहिलो चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारीलगायत अत्यावश्यकहरुले पाउने उनले बताए । प्रहरी, सैनिक, नगरपालिकाका कर्मचारीका अलावा अग्रपंक्तिमा कोरोनाविरुद्ध काम गर्नेहरुले खोप पाउने जनाइएको छ ।

दोस्रो चरणमा ३० करोडलाई भ्याक्सिन दिइने मोदीले बताउका छन् । भारतले एक अर्ब ३० करोड व्यक्तिलाई खोप लगाइदिने जनाइसकेको छ । भारतमा सर्वसाधारणका लागि भ्याक्सिन निःशुल्क हुने जनाइएको छ ।

सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्डको कोभिशिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन प्रयोगमा ल्याइँदैछ । भ्याक्सिन प्रत्येक व्यक्तिका लागि दुई डोज लगाइने उल्लेख छ । पहिलो डोज लगाएको व्यक्तिले फोनमार्फत् दोस्रो डोजको जानकारी पाउनेछ । एक महिनाभन्दा कम समयको अन्तरालमा भ्याक्सिनको दुई डोज लगाइने उल्लेख छ । त्यसको दुई हप्तापछि शरीरले कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्