Logo

२४ घन्टाका थप ६ जनाको मृत्यु



काठमाडौं, ३ माघ । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २ सय ४० थपिएका छन् । आज ४७० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६७ ५६ संक्रमित भएपनि २ लाख ६१ हजार ४४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ५८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्