Logo

प्रचण्डले पदका लागि माओवादी आन्दोलन बेचेः प्रभु साह



काठमाडौं, ३ माघ । सहरी विकासमन्त्री प्रभु साहले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदका लागि माओवादी आन्दोलनलाई बेचेको आरोप लगाएका छन् । प्रदेश १ को ओली पक्षीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउन खोजेको आरोप लगाएका हुन् ।

‘प्रचण्डले पदका लागि माओवादी आन्दोलनलाई बचे, अहिले कम्युनिस्ट आन्दोलनलाई धरापमा पुर्याएका छन्,’ साहले भने, ‘कम्युनिस्ट आन्दोलनलाई जोगाउन प्रचण्डमुक्त कम्युनिस्ट पार्टी बनाउनै पर्छ ।’ उनले देशलाई पनि प्रचण्डमुक्त बनाउनुपर्ने बताएका छन् ।

प्रचण्डप्रति आक्रोश पोख्दै साहले प्रचण्डले मधेशमाथि पनि धोका दिएको आरोप लगाए । मधेश स्वायत्त प्रदेशको नाममा मधेशी जनतालाई धोका दिएको उनको आरोप थियो । ओली कुनै हालतमा मधेशविरोधी नभएको र जे हो त्यही बोल्ने नेता भएको तर्क गरे ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्