Logo

मोदीले ईपिजीको प्रतिवेदन बुझ्नुहुन्छ : महेन्द्र पि. लामा (भिडिओसहित)



काठमाडौं, ३ माघ । नेपाल-भारत प्रवुद्ध व्यक्ति समूहका भारत तर्फका सदस्य तथा नेपाल मामिलाका जानकार प्राध्यापक महेन्द्र पि. लामाले नेपाल-भारत सिमा विवाद समाधान हुने विश्वास दिलाएका छन् । पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा प्राध्यापक लामाले सिमा विवाद समाधानको लागि सर्वप्रथम दुई पक्षबीच वार्ता हुनु नै सकारात्मक पक्ष वा नौलो बाटो भएको तर्क गरे । उनले आफूहरुले तयार पारेको ईपिजीको प्रतिवेदन ग्रहण गर्नको लागि आफूहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको सुनाए । उनले मोदीले उक्त प्रतिवेदन बुझ्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्