Logo

भारत नेपालमा चुनाव होस भन्ने पक्षमा !



काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा गरेपछि ओलीको कदमको पक्ष र विपक्षमा जनमत विभाजित बनेको छ । नेकपाभित्रैबाट ओलीको उक्त कदमको व्यापक विरोध भएको छ । नेकपा नै दुई पक्षमा विभाजित बनेको छ । अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल र माधव कुमार नेपालले गरेका छन् । दुवै पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् । एक पक्षले अर्को पक्षलाई कारबाही गर्नेलगायत निर्णयहरु दुवै तर्फबाट भैरहेका छन् । कतिसम्म भने नेकपाको आधिकारिक पक्ष को हो ? भन्ने विषय नै अहिलेसम्म अन्यौल छ । दुवै पक्ष निर्वाचन आयोग पुगिसकेका छन् । तर, आयोगले अहिलेसम्म कुनै निर्णय लिएको छैन् ।

नेपालको हरेक राजनीतिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र यहाँ हुने हरेक महत्वपूर्ण कदमबारे टिप्पणी गर्ने नयाँ दिल्ली भने संसद विघटनपछि चुनाव घोषणा भैसकेको यो अवस्थामा पनि मौन छ । तर, नयाँ दिल्लीनिकट सूत्रहरुको दाबीअनुसार भारत ओलीको कदमको पक्षमा छ । उसले नेपालमा चुनाव होस भन्ने नै चाहेको छ । भारतीय एक उच्च अधिकारीको भनाई छ-“भारत न संसद पूनःस्थापना होस भन्ने पक्षमा छ, न चुनावको विरोधमा छ, नेपालमा निर्वाचन होस भन्ने चाहन्छौं ।”

भारतीय शीर्ष नेताहरु पनि नेपालमा चुनावकै पक्षमा उभिएका छन् । चुनावमा जाँदा नेकपाका दुई पक्ष आमनेसामने हुने र एक–अर्काविरुद्ध द्धन्द्ध हुने र सिद्दिने नयाँ दिल्लीको आँकलन छ । नेकपाको विभाजन होस भन्ने दिल्लीको सुरुको चाहना हो । त्यही भएर भारत यतिवेला ओलीको कदमको पक्षमा पनि प्रष्टसँग उभिएको छैन् । भारतीय नेताहरु नेपालमा निर्वाचनमार्फत संसदीय व्यवस्थाकै पक्षमा छन् । भारत नेपालमा अर्को खिलराज रेग्मी जन्माउने वा चोलेन्द्र शमशेरको नेतृत्वमा चुनाव होस पक्षमा पनि छैन। उ चुनावमार्फत नै लोकतन्त्रकै पक्षमा छ । भारत राजसंस्थाको पक्षमा पनि छैन् । बरु, ओली नेतृत्वकै चुनाव होस भन्ने पक्षमा छ । File Photo



प्रतिक्रिया दिनुहोस्