Logo

संसद विघटनविरुद्व तनहुँको बन्दिपुरमा कांग्रेसले गर्यो विरोध कार्यक्रम : सरकारको चर्को आलोचना



माघ ३, काठमाण्डौ । सरकारको असंबैधानिक, अलोकतान्त्रिक र गैर जिम्मेवार कदमका विरुद्ध नेपाली काँगे्रस तनहुँले १० ओटै स्थानीय तहमा विरोध कार्यक्रम आयोजना गरेको छ । यसैक्रममा तनहुँको बन्दिपुरमा विरोध सभाको आयोजना गरेको छ । बन्दिपुर गाउँपालिकाका सभापति कर्णबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असंबैधानिक, अलोकतान्त्रिक काममा राष्ट्रपति साक्षी बसेको आरोप लगाए ।

अधिकारीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधानलाई क्षत–विक्षत बनाएको आरोप लगाए । नेकपाको आन्तरिक विवादका कारण संसद विघटन गर्नु गैरजिम्मेवारी र असवैधानिक भएको अधिकारीको ठहर छ ।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष रेशम गुरुङले कम्युनिस्टको सर्वसत्तावादले न्यायालयसमेत संकटमा परेको टिप्पणी गरे । संसद विघटनपछि देशमा जटिल अवस्था सृजना भएको भन्दै गुरुङले सरकारको चर्को आलोचना गरे । त्यसैगरी तनहुँ कांग्रेसका पूर्व जिल्ला उप–सभापति धु्रवलाल प्रधान, प्रदेश संयोजक राजेन्द्र पिया, नेवि संघका केन्द्रिय कोषध्यक्ष शिव रिमाल, स्थानीय नेताहरु प्रेम बानिया, रामकृष्ण् वि.क., लिला गिरी, ऋष्रिाम भट्टराई, सुभास अधिकारी, कुल बहादुर अधिकारी, बैंशबहादुर गुरुङ मंगल गुरुङ लगायतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्