Logo

१९ वर्ष अघिको मुक्तिनाथ अधिकारीको विभत्स हत्याको स्मृतिसँगै खबरदारी (फोटोफिचर)



काठमाडौं, ३ माघ । सशस्त्र द्वन्द्वकालमा शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितेको छ । लमजुङको पद्मिनी संस्कृत उच्च माविका विज्ञान विषयका शिक्षक अधिकारीलाई २०५८ माघ ३ गते तत्कालिन माओवादी कार्यकर्ताले विभत्स तरिकाले हत्या गरेका थिए ।

हत्याको दिन अधिकारी विद्यालयमा पढाइरहँदा अपहरणमा परेका थिए । उनलाई विद्यालयको केही माथि पहाडमा लगी रुखमा बाँधी टाउकोमा गोली हानी हत्या गरिएको थियो । उनलाई सुराकीको आरोप लगाइएको थियो ।

शिक्षक मुक्तिनाथको हत्या माओवादी सशस्त्र द्वन्द्वकालको विभत्स हत्यामध्येको एक हो । आज उनको सम्झना गर्दै राजधानीमा संक्षित स्मृति तथा न्यायका लागि खबरदारी कार्यक्रम आयोजना गरिएको छ ।

श्री मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एमनेष्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा खबरदारी आयोजना भएको हो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्