Logo

नेपाली पर्वतारोहीले जाडो मौसमा पहिलो पटक माउण्ट के२ आरोहण



काठमाडौं, माघ ४ । दश नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ को सफल आरोहण गरेका छन् ।जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि माउण्ट के२ अरोहण गर्न सकेको थिएनन् ।

सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहनु भएको छ । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहेको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्