Logo

भीम रावलको टिप्पणी : परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणले नेपालको कुटनीतिलाई कमजोर बनायो (भिडिओसहित)



काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले नेपालको स्वाभिमानलाई झुकाउने र नेपालको कुटनीतिलाई कमजोर बनाउनेबाहेक अन्य केही पनि उपलब्धि नभएको टिप्पणी गरेका छन् । भारतसँगको सिमा विवाद समाधानको लागि नेपालका राजनीतिक दलहरु एकमत रहेको र सरकारलाई पूरा साथ दिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर कदम नचालेको पनि उनको टिप्पणी छ । भारत भ्रमणको क्रममा मन्त्री ज्ञवालीले सिमा विवादको बारेमा एक शब्द पनि उच्चारण नगरेको रावलको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  वर्तमान प्रधानमन्त्री ओली र मन्त्री ज्ञवालीले अनैतिक कुटनीति गरिरहेको पनि उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्