Logo

शेखर कोइरालाले यसरी गरे ओली र देउवाको आलोचना (भिडिओसहित)



काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अराजनीतिक कदम भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले संसद पूनःस्थापना हुनुपर्ने अडान लिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले के भन्नुभयो ? भन्दापनि पार्टी केन्द्रिय कार्यसमितिको निर्णय महत्वपूर्ण हुने उनको भनाई छ । प्रधानमन्त्री ओलीको पछिल्लो कदम असंवैधानिक भएको ठहर पार्टी कमिटीले गरिसकेको सुनाउँदै उक्त कदम सच्याउनुपर्नेमा उनको जोड छ । आफूहरु संविधानको रक्षा गर्दै अघि बढ्ने पनि उनले सुनाए । हेरौं कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्