Logo

दुई वर्ष अघि मिस मंगोलको ताज पहिरिंदा नै ज्याङमु शेरधन राईको नजरमा परेकी थिइन्



काठमाडौं, ४ माघ । ‘मिस मंगोल नेपाल’ दुई वर्ष अघि आयोजना भएको थियो । उक्त प्रतियोगितामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिका रुपमा सहभागी थिए । एक्शन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा सुन्दरी ज्याङ्मुले ताज पहिरिएकी थिइन् । मुख्यमन्त्री राईले त्यतिबेलै ज्याङमुप्रति चासो राखेका थिए ।

जहाँ इच्छा त्यहाँ उपाय भने झै मुख्यमन्त्री राईले दोस्रो भेटको अवसर सृजना गरे । त्यसपछि उनीहरुबीच निकटता बढेको थियो । बाबुआमा अमेरिकामा रहेकाले ज्याङ्मु हजुरआमासँग काठमाडौंमा बस्दै आएकी थिइन् । उनीहरुबीच निकटता बढेर विवाहको टुंगो सम्म पुगेको छ । माघ ११ गते दुवैबीच विवाह हुँदैछ ।

३० वर्ष उमेर फरक भएपनि मुख्यमन्त्री शेरधन राईसँग ज्याङमु शेर्पा विवाहको लागि तयार भएपछि चर्चामा पुगेकी छिन् । उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइसकेकी छिन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।



प्रतिक्रिया दिनुहोस्