Logo



-दीपक भण्डारी : ‘म’मा आत्मा विश्वास हुन्छ । ‘म’मा आत्मा निर्भरता हुन्छ । ‘म’मा आत्मसम्मान हुन्छ । ‘म’मा सङ्कल्प हुन्छ । ‘म’मा आफ्नो अस्तित्व हुन्छ । ‘म’मा ऊर्जनशीलता र ऊर्जा हुन्छ । हरेकमा ‘म’ हुँ भन्ने दम्भ हुन्छ । ‘म’ भन्ने आत्मविश्वासले जीवन जिउने ऊर्जा प्रवाह गर्छ । यदि त्यो ‘म’ अहङ्कारमा बदलियो भने त्यो आफै विनाशकारी हुन्छ, यो मेरो ठम्याइ हो । मेरी आमा भन्ने गर्नुहुन्छ – हरेक चीजको ‘म’ भन्ने तत्त्व हराउनुहुन्न, तरकारीको स्वादमा पनि उसको आफ्नो स्वाद यथावत् रह्यो भने मीठो हुन्छ, ग्रहणयोग्य हुन्छ । मसलाले उसको तत्त्व नै हराइदियो भने त्यो मीठो हुँदैन । त्यस्तै ‘म’मा विकारी तत्त्व जस्तै ः क्रोध, ईष्र्या, लोभ आदिले जरा गाड्यो भने त्यो आत्मविश्वास, त्यो ऊर्जाले पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन ।

क्याफेमा कफीको मज्जा लिँदै थियौँ, अर्को टेबलबाट आवाज आयो – जस्तालाई त्यस्तै गर्नुपर्छ । ठाउँको ठाउँ ठिक पार्नुपर्छ । कानमा अहिले पनि गुन्जिन्छ । किन होला त्यो घमण्ड, त्यो ईख । भन्न त भन्छन् ईख नभएको मान्छे र बिख नभएको सर्प काम लाग्दैन । त्यो भन्दैमा ईख सबै ठाउँमा र समयमा सान्दर्भिक हुन्छ भन्ने छैन । “फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?” भन्ने कविशिरोमणि लेखनाथ पौड्यालको भनाइ पनि छ । झुकावमा सधैँ जितिन्छ । कुनै क्षणिक समयको हार पनि पछिको लागि जित्ने अवसर हुन सक्छ । बदलाको भावना र ईखको ज्वाला आफैमा पनि सल्किन सक्छ भन्ने बिर्सिनुहुँदैन । यसो भन्दैमा कसैको नराम्रो सोच र प्रवृत्तिले दबाउन खोजेको छ भने त्यसलाई सहेर वा कुण्ठा पालेर बस्नु ठूलो भुल पनि हो । समयमै त्यसको प्रतिकार गर्नु पनि सही निर्णय लिनु उचित हुन्छ । आफ्नो आत्मसम्मानको कदर गर्दै ‘म’ को अस्तित्त्वलाई मर्न दिनुहुँदैन । यसको उर्जालाई सही समयमा प्रयोग गर्नुपर्छ ।

हामी नेपाली जनता पनि सारै सहनशील छौ, सारै धैर्यवान् । त्यसैले त आफ्नो देशको प्रगति र विकास देख्नको लागि आफ्नो जीवन काल समाप्त हुन लाग्दा पनि झिनो आशाको त्यान्द्रो चुड्न दिँदैनौ । यसो सोच्दा हाम्रो यो ठूलो भूल र यथास्थितिवादी सोच हो । विकास हामी सपना र कल्पनामा मात्र सिमित राख्छौ – नेताका भाषण र पार्टीका घोषणापत्रमा सिमित, हाम्रा नीति, कार्यक्रम र ऐन कानूनमा मात्र सिमित पाउँछौँ । कार्यान्वयनमा सुस्तता र बाधा अवरोधको कारकतत्त्व यथास्थितिवादी सोच, परिवर्तनलाई स्वीकार्न नसक्नु आफ्नो कार्य कौशलताको परिष्कृत रूपान्तरण गर्नका लागि आत्मविश्वासको कमी हुनु हो । आफ्नो सोचलाई परिष्कृत बनाउँदै जानुपर्छ र परिवर्तन गर्नको लागि मबाट नै सुरु गर्नुपर्छ भन्ने बुझ्नुपर्छ । आपूmमै सकारात्मक परिवर्तित सोच हुनुपर्छ ।

म कोरिया भ्रमणमा गएको वेला पाका उमेरका एक कोरियन हितैषीले भने – हामीलाई त आजभन्दा ६० वर्ष पहिले नेपालले चामल सहयोग गरेको थियो, तिमीहरू त हाम्रो अन्नदाता । थाहा छैन त्यो यथार्थ विवरण हो या होइन तर ऊ त्यो भनेर हाम्रो आतिथ्य गर्दै थियो । गर्वका साथ हामी भन्न सक्छौँ, हाम्रो विगत त्यो समयाकालीन परिस्थितिमा विकसित नै थियो । हामीले यसलाई धेरै उदहारणहरू दिएर थप स्पष्ट पार्न सक्स्छौँ । त्यो हवाई क्षेत्र किन नहोस्, सांस्कृतिक क्षेत्र किन नहोस्, शहरी विकासको अवधारणा होस्, सबै कुरामा समयानुकूल विकसित नै थियो भन्ने लाग्छ । त्यो भन्दैमा अहिले केही प्रयास नै भएको छैन भन्ने होइन, प्रयास प्रशस्त भएको छ तर गति धेरै नै कम । आजभन्दा २० वर्ष पहिले एउटा समाचार छापिएको रहेछ – मेलम्चीको पानी ३ वर्षमा आउने । हामी अझै पनि भन्न छोडेका छैनौ मेलम्चीको पानी एक÷दुई वर्षमा आउँछ । हाम्रो विडम्बना हाम्रा हजुरबुवाहरूले भोट दिनुभएका नेतालाई अझै हामीले भोट दिन र चुन्न छोडेका छैनौँ अनि अर्काे वास्तविकता नयाँ नेतृत्वमा पनि त्यही संस्कार र प्रवृत्तिको अनुकरण गर्ने सोच रहेसम्म हामी माथि उठ्न सक्दैनौँ । मुख्य कुरा हामी समय अनुसार परिवर्तन स्वीकार्न सक्नुपर्छ र नेतृत्व पनि परिवर्तन गर्ने आँट गर्नुपर्छ । म र मेरो सोचलाई पनि परिवर्तित गराउन सक्नुपर्छ ।

‘मेरो’ र ‘म’को अस्तित्व आफ्नो आत्मसम्मान र आपूmभित्र रहेको ऊर्जाले गर्दा मात्र हुँदैन, अरूको प्रभाव र योगदानले पनि ठूलो सहयोगीको भूमिका खेलेको हुन्छ । आफ्नो कर्मलाई र आपूmलाई सधैँ अमर तुल्याउनको लागि सही समयमा केही वस्तुप्रतिको आसक्ति र लिप्ततालाई त्याग्न सक्नुपर्छ । कुनै पनि कामप्रति आपूmले गरेको योगदानलाई माथि उठाउन र निरन्तरता दिनको लागि अरूलाई पनि अवसर दिन सक्नुपर्छ । शक्तिलाई आपूmमै सधैँ केन्द्रित गर्ने सोच राख्नु आजको नेतृत्वको ठूलो कमजोरी हो । शक्तिलाई विकेन्द्रीकृत गर्न सक्नुपर्छ । मैले गर्न सक्छु, म गर्छुका साथसाथै म अरूलाई गर्न दिन्छु भन्ने पनि सोच्नुपर्छ । ‘मेरो’ र ‘म’भित्र रहेको ऊर्जाले ऊर्जाशील अरू तत्त्वहरूका लागि पनि सहयोगी भूमिका खेल्नुपर्छ भन्ने सोच राख्न सक्नुपर्छ । स्वार्थले भरिएको ‘म’ र ‘मेरो’ भन्ने जीवनका पन्नाहरूमा भेटिने अवसरवादी सोचले क्षणिक भ्रम सिर्जना गर्ला तर कालान्तरमा त्यो दिगो हुँदैैन – आपूmले हार्नेभन्दा पनि अरूले जित्ने डर । मानिसको सोच न हो अरूले केही राम्रो गर्दाभन्दा केही पनि गर्न नसक्दा आपूmलाई सान्त्वना दिने मौका पाउँछ । अरू आपूmभन्दा माथि गएको देख्न सक्दैन बरु आपूm माथि नगए पनि उसलाई केही फरक पर्दैन । अरूलाई अवसर दिँदा आपूmले गर्न नसकेको कुरा पूरा हुन सक्छ र त्यसका लागि म सहयोगीको रूपमा रहन सकूँ भन्ने सोच सितिमिति मानिस स्वीकार्न सक्दैन । अरूको जितमा आफ्नो हार देख्छ नकि आफ्नो हारमा उसको जित । मानिस आफ्नो हारलाई जितमा परिवर्तन गर्न सर्वप्रथम अरूको जितलाई खुशीका साथ स्वीकार्न सक्नुपर्छ र जसको जित भए पनि जितलाई सम्मान गर्न सक्नुपर्छ ।

म नै जित्नुपर्छ भन्नेभन्दा पनि जित्नुपर्नेले जित्नुपर्छ र कसैको जितको यथार्थ रूपमा सफल बनोस् भनेर कामना गर्दै सहयोगी भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोच राख्नुपर्छ । ‘म’ र ‘मेरो’ ऊर्जा सफलताका लागि सकेसम्म प्रयोगमा आओस् भनेर कोशिस गर्नुपर्छ । आफ्नो आत्मसम्मानलाई पनि गिर्न नदिई अरूको आत्मसम्मानको पनि कदर गर्नुपर्छ । यो समाजमा हामी देख्छौँ, केही मानिस आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि अरूको कुभलो सोच्ने, अरूको काम हुन नदिने गर्छन् । एकथरी ‘म’ र ‘मेरो’ प्रभुत्व जमाउनको लागि अरूको राम्रो काममा पनि हलो अड्काउने अघि बढ्न नदिने गर्छन् । शायद उसले बुझेको छैन, यसो गर्दा उसले ‘म’ र ‘मेरो’ ऊर्जा दुरुपयोग गरेको छ, जसले कालान्तरमा उसलाई पनि फाइदा पुग्दैन र समाज पनि धुमिल हुन्छ ।  ‘म’ र ‘मेरो’ ऊर्जालाई आफ्नो स्तरबाट आफ्नो साथै अरूको र पूरा समाजका लागि सकारात्मक परिवर्तन र विकासका लागि प्रयोग गर्न सक्यो भने हामी आफ्नो जीवनलाई सही रूपमा सफल बनाएका हुन्छौँ ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम