Logo

अर्बभन्दा बढी जनसंख्या भएको चीनमा सय प्रकारका थर मात्र चल्तीमा



एजेन्सी, ४ माघ । चीन विश्व कै अधिक जनसंख्या भएको देश हो । त्यहाँ एक अर्ब ३९ करोड जनसंख्या छ । तर, त्यहाँ थर भने कम छ ।

चीनको बाटोमा गएर कुनै पनि व्यक्तिलाई नाम र थर सोध्यो भने जवाफमा बांङ, ली, झाङ, लिउ अथवा चेन हुने भन्ने गर्दछन् । चीनमा पाँच प्रकारका थरहरु मुख्य रुपमा प्रयोग गर्ने गर्छ । यी पाँच थर भएका मानिसको जनसंख्या चीनमा करिब ४३ करोड भन्दा अधिक रहेको छ । जनसंख्याको तीस प्रतिशतले उक्त थर प्रयोग गर्ने गर्दछ ।

अन्य जनसंख्या करिब सय वटा थर मात्र प्रयोग गर्ने गर्दछ । अमेरिका जस्तो कम जनसंख्या भएको देशमा करिब ६३ लाख थर रहेको डाटाले देखाएको छ । चीनमा जातिय विविधता कम भएको कारण र चीनको भाषामा फेर बदल गर्न गाह्रो भएको कारण त्यहाँ थोरै थरहरु स्थापित भएको जनाइएको छ ।

चिनियाँ भाषामा आफूले चाहे अनुसार नाम परिवर्तन गर्न नमिल्ने यसले भाषामा असर पुर्याउन सक्ने कारण थरको मात्रा थोरै भएको जनाइएको छ । चीन पूर्ण रुपमा प्रविधि मैत्री भएको कारण यसलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउन प्रत्येक दिन निकै चुनौतीको सामाना गर्नुपर्ने हुन्छ । शताब्दीऔँ देखि चलनमा आएको भाषा र भेषभुषालाई मध्यनजर राखी कम मात्रामा थरलाई प्रयोग गरिने गर्दछ । यसले मानिसलाई ट्रयाक गर्न सजिलो हुने जनाइएको छ । विगतको इतिहास पल्टाएर हेर्दा चीनमा अहिलेसम्म २० हजार भन्दा बढी थरहरु रेकर्ड गरिएको छ । चीनमा प्रायः जसो हस्तलेखनलाई मान्यता दिइएको छ । त्यहाँ प्रयोग हुने भाषामा क्यारेक्टर हुने गर्दछ ।

डिजीटलाइज गर्दा चीनको सम्पूर्ण क्यारेक्टर जडान गर्न सकिएको छैन् । सन् २०१७ मा ३२ हजार क्यारेक्टर जडान गरिएर ७० हजार सम्म पुर्याइएको छ । कम्प्युटरको डाटाबेसमा एक सीमा हुने गर्दछ त्यस सिमा भित्र रही कार्य गर्नुपर्ने हुन्छ । त्यसकारण थरलाई न्युनीकरण गर्दै सिमित बनाइएको छ । थोरै क्यारेक्टरले डिजीटल युगमा सम्पूर्ण चिनियाँलाई एकसाथ ल्याउन सजिलो हुने जनाइएको छ ।

कम अक्षर भए मानिसहरुलाई मुखको हिसाबले ट्रयाक गर्न सजिलो हुनेछ । धेरै क्यारेक्टर जडान गर्न गाह्रो हुने र डाटाबेसलाई सञ्चालन गर्न मुस्किल हुन्छ । त्यहाँ नयाँ युगको प्रवेश गरिए संगै नयाँ आउने पुस्तालाई एक प्रकारको थर राख्न सरकारले र सम्बन्धीत निकायले सुझाएको छ । विगतको तथ्यांक हेर्दा चीनमा तत्काल सम्पूर्ण राज्य मिलाई करिब ६ हजार थरहरु प्रयोगमा छ । अत्याधिक जनसंख्या भएको मुलुकम यो निकै थोरै थरहरु रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्