Logo

कोही व्यक्ति कसरी भगवान बन्न सक्छ ?



विद्या र कलामा धेरै फरक हुन्छ । विद्या दुई प्रकारका हुन्छन् । अपार र अपार विद्या । यस अन्तर्गत केही प्रकारका विद्या हुन्छन् । यसरी नै कला पनि दुई प्रकारका छन् । पहिलो हो सांसारिक कला र अर्को आध्यात्मिक कला । हामीले आध्यात्मिक कलाको आधारमा कोही व्यक्ति कसरी भगवान बन्न सक्छन्, त्यसको बारेमा आज हामी चर्चा गरौ ।

आध्यात्मिक कलाः अध्यात्मिक कलाहरु मुख्यतः १६ वटा हुन्छन् । उपनिषदको अनुसार १६ कलाबाट युक्त व्यक्ति ईश्वरतुल्य हुन्छन् । यस्ता व्यक्ति स्वयं ईश्वर हुन्छन् । १६ कला वास्तवमा बोध प्राप्त आत्माको भिन्न–भिन्न स्थितिमा हुन्छ । बोध अर्थात चेतना, आत्मज्ञान या जागरणको अवस्था होशको स्तर । जसरी प्राणीको अन्र्तरमा जुन चेतन शक्ति हुन्छ तथा प्रभुको तेजांश कला हुन्छ त्यसैलाई कला भनिन्छ ।

जुन प्राणीमा जति चेतना शक्ति अभिव्यक्त भैरहेको हुन्छ, त्यति नै उसको कला मानिन्छ । यसमा जड वा चेतनाको भेद हुन्छ । बोधको अवस्थाको आधारमा परआत्माको लागि प्रतिपदाबाट लिएर पुर्णिमा सम्म चन्द्रमाको प्रकाशका १५ अवस्थालाई लिइन्छ । आंैसी अज्ञानको प्रतिक हो भने पुर्णिमा पुर्ण ज्ञानको प्रतिक हो ।

ढुंगा र रुख एकदेखि दुई कला भएका प्राणी हुन् । उनीहरुमा पनि आत्मा हुन्छ । उनीहरुले सुख र दुखको आभास गर्न सक्छन् । तर, उनीहरुमा बौद्धिक क्षमता कम हुन्छ । अन्न र जलको आवश्कता पर्छ ।

पशू र पक्षीमा २ देखि ४ कला हुन्छन् । यीनीहरुले बृद्धिको प्रयोग पनि गर्न सक्छन् ।

साधारण मानवमा ५ कला र सभ्य तथा संस्कृति युक्त समाजमा भएका मानिसहरुको ६ कलाहरु अभिव्यक्ति गर्न सक्छन् । जो यस धर्तीमा कहिले काँही जन्मन्छन् ।

जो मानिस विशेष प्रतिभाले विशिष्ठ पुरुष हुन्छ उक्त मानिसमा भगवानको तेजाशंको सात कला अभिव्यक्त हुन्छन् । महामानव, ऋषि, मुनि, सन्त तथा महापुरुषहरुमा ८ कला देखिन्छन् ।

मनुष्यको आत्माले ८ कलाभन्दा धेरै तेज सहन सक्दैन । ९ कला धारण गर्नको लागि दिव्य देहको आवश्यकता पर्छ । जस्तै सप्तऋषि गण, मनु, देवता, प्रजापति र लोकपाल ।

यसपछि १० कला तथा सोभन्दा धेरै कलालाई अभिव्यक्त गर्न केवल भगवानको अवतार लिएकाले मात्रै अभिव्यक्त गर्न सक्छन् । जस्तै, नृसिंह, कुर्म, मस्त्य र वामन अवतार ।

भगवान राम १२ कलाले भरिपुर्ण थिए । भगवान श्रीकृष्ण १६ कलाले युक्त थिए । जुन चेतनाको सर्वोच्च स्तर हो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्