Logo

कुन ग्रहमा सुर्यास्त कस्तो रङ्गको देखिन्छ



सुर्यास्त हाम्रो पृथ्वीबाट आकाशमा आगोजस्तो रातो गुलाबी र बदामी रंगको अनौठो देखिन्छ । तर सौर्य प्रणालीमा रहेका अन्य ग्रहहरुमा सुर्यास्त हुदा कस्तो रंगमा देखिन्छ ?

सुर्यास्तको रंग ग्रहहरुमा भर पर्छ । नासाका अनुसार मङ्गल ग्रहमा सुर्य निलो चम्किलो रङ्गमा उदाउँछ र अस्ताउँछ । वरुण ग्रहमा सुर्यास्त हुदा आकाश निलो रङ्गबाट पानी रङ्गमा परिवर्तन हुदै जान्छ । शनी ग्रहको उपग्रह टिटानमा सुर्यास्त हुदा आकाश पहेँलो रङ्गबाट सुन्तला रङ्गमा परिवर्तन हुन्छ र सुर्य क्षितिजको तल पुगेपछि आकाश खैरो रंगमा परिवर्तन हुन्छ ।

यी बाहेक अन्य ग्रहहरु र चन्द्रमामा वायुमण्डलीय संरचना बुझ्न नसकिएका कारण त्यहा सुर्यास्त हुँदा कस्तो देखिन्छ भन्ने थाहा पाउन असम्भव भएको वैज्ञानिक यलरले लाइभ साइन्स पत्रिकामा टिप्पणी गरेका थिए । एजेन्सीको आधारमा



प्रतिक्रिया दिनुहोस्