Logo

आन्दोलनको बारेमा प्रचण्डले दिए विवादास्पद अभिव्यक्ति, अब टाउको फुट्ने (भिडियोसहित)



माघ ४, काठमाण्डौ । नेकपाको प्रचण्ड माधव समुहको संघर्ष समितिले हिजो बैठक बसेर माघ ९ गते काठमाण्डौमा वृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । त्यही प्रदर्शनलाई शसक्त बनाउन आज अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई निर्देशन दिँदा गैरजिम्मेवार जस्तो लाग्ने अभिव्यक्ति दिए । शान्तिपूर्ण आन्दोलनले सरकारलाई घुँडा टेकाउन नसकिएको भन्दै अब हिंसात्मक आन्दोलन गर्नुपर्ने आशाय दाहालले व्यक्त गरेका छन् । आइतबार नेकपा, दाहाल नेपाल –माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मुटु हल्लिने गरी विरोध गर्नुपर्ने बताए । त्यति मात्रै होइन दाहालले युवा कार्यकर्तालाई आवेग र आक्रामक आन्दोलनका लागि तयार हुन निर्देशन दिए ।

दाहालले २०६२–०६३ को जनआन्दोलनलाई स्मरण गर्दै अब फेरी आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बताए । यसअघिको शान्तिपूर्ण आन्दोलनलाई शाकाहारी आन्दोलनको संज्ञा दिएका दाहालले कार्यकर्तालाई मुठभेठतर्फ उन्मुख हुन हौस्याएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाल त्यतिमै रोकिएनन्, आन्दोलनमा सहभागि भएर प्रहरीको लाठीसमेत खान मन लागेको बताए ।

सोही समुहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले पार्टीका निर्देशन, नीति, विधान केही पनि नमानेको, र बैठकको अवज्ञा गरेको अवगत गराउँदै उपत्यका केन्द्रित आन्दोलन कडा बनाउन सवैलाई निर्देशन दिएका छन् ।

सोही कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्रीले संविधान मिचेको र संविधानको धाराको गलत व्याख्या गरेकोमा आपत्ती जनाएका छन् । नेता रावलले अहिलेको लडाइँ प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्ध भएको बताए ।

९ गतेको आन्दोलनलाई लक्षित गरेर प्रचण्ड माधव समुहका नेताहरुले आइतबार दिएको अभिव्यक्तिले आन्दोलनका नाममा कतै हिंसा त हुने हैन भन्ने आशंका उब्जिएको छ । आफ्ना माग पूरा गर्नका लागि गरिने आन्दोलन वा प्रदर्शनहरु शान्तिपूर्ण हुनुको विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्