Logo

हामी संसद पूनःस्थापनाको पक्षमा छौं, अदालतको निर्णय मान्छौं : प्रधान (भिडिओसहित)



काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेर गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको निर्णय गलत भयो भन्दै उनले उक्त निर्णय बदर हुनुपर्ने जिकिर गरे । उनले आफूहरु संसद पूनःस्थापनाकै पक्षमा रहेको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्