काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न नमिल्ने स्पष्ट पारेका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमार्फत नेता पौडेलले यस्तो बताएका हुन् । उनले लेखेका छन्,‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन् । लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संबिधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उक्त कदमको चौतर्फी आलोचना भैरहेको छ । यो विषय अहिले अदालतमा विचाराधिन छ । सरकारले भने आगामी वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरेको निर्वाचन सम्पन्न गर्नेगरि आवश्यक तयारी थालिसकेको छ । निर्वाचन आयोगले पनि दलका प्रतिनिधिहरुसँग हिजोदेखि परामर्श सुरु गरेको छ ।




प्रतिक्रिया