Logo

कालो पहिरनमा खुलेकी एलिजा



काठमाडौं, ५ माघ । नायिका स्वेता खड्काको विवाहको रिसेप्सन पार्टीमा नायिका एलिजा गौतम कालो पहिरनमा खुलेकी छिन् । नायिका खड्काले गत मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंहसँग लगनगाँठो कसेकी हुन् । यो जोडीले आफ्नो विवाह भोज भने काठमाडौंको एलफ्ट होटलमा दिएको थियो । जहाँ देशका चर्चित कलाकारहरु र ख्याँतिप्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उक्त पार्टीमा नायिका एलिजाको पहिरनले धेरैको ध्यान तानेको थियो । उनी ब्ल्याक ड्रेसमा निकै खुलेकी थिईन् । एलिजा पछिल्लो समय म्युजिक भिडिओमा समेत व्यस्त छिन् । उनी अभिनित गीतहरु एकपछि अर्को गरेर हिट भएका छन् । दर्शकले उनलाई रुचाएका छन् । पछिल्लो समय उनी दिपक श्रेष्ठले बनाउने चलचित्रमा अनुबन्ध भएकी छिन् ।Photo Source: Aliza Goutam /Facebook & Cinepati



प्रतिक्रिया दिनुहोस्