Logo

‘महाभारत’मा कर्णको भुमिकामा शाहिद कपुर



एजेन्सी, ५ माघ । बलिउड अभिनेता शाहिद कपुर चाडै नै ‘महाभारत’ फिल्ममा कर्णको भुमिकामा देखिदै छन् । समाचारअनुसार शाहिदको निर्माता तथा निर्देशक राकेश ओमप्रकाश मेहरासँग उनको समन्वय भैरहेको छ ।

यस फिल्ममा उनी कर्णको भुमिकामा देखिनेछन् । राकेश ओमप्रकाशले यो फिल्ममा धेरै लगानी गर्ने भएका छन् । उनी पहिला देखिनै कर्णमा आधारित फिल्म बनाउन चाहान्थे तर यसपटक भने उनको सपना पुरा भएको छ । यस फिल्मले शाहिदका फ्यानहरुपनि उत्साहित भएका छन् ।

तर, उक्त फिल्मलाई लिएर हालसम्म आधिकारीक घोषणा भने भएको छैन् । सुर्यका छोरा कर्ण दुर्योधनको सबैभन्दा नजिकका साथी मानिन्छन् । उनले आफ्नो मित्रता निभाउनकै लागि महाभारत युद्ध लडेका थिए । उक्त युद्धमा उनले विरगति प्राप्त गरेका थिए ।

शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ले सफलता प्राप्त गरेपछि उनीमाथि धेरै फिल्म निर्माताहरुको लाइन लागेको छ । उनी अहिले धेरै निर्माता तथा निर्देशकहरुको रोजाइमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्