Logo

कोरोना कहरमा विश्वका धनी देश थलिएपनि चीनमा सुधार



एजेन्सी, ५ माघ । नयाँ स्वरुपको कोरोना भाइरसले पुनः एक पटक देशहरुलाई लकडाउनको स्थितिमा लगेको छ । त्यस कारण ठूला अर्थ व्यवस्था भएको देशहरुलाई निकै चूनौतीको सामना गर्नु परिरहेको छ । तर, चीनले कोरोना महामारीलाई नियन्त्रण गर्दै आफ्नो अर्थलाई सुधार उन्मुख बनाइरहेको छ ।

यस वर्ष चीनको अर्थ व्यवस्था २.३ प्रतिशतले बढेको जनाइएको छ । ठूला अर्थ व्यवस्था भएको अमेरिका, जापान र युरोप महामारीलाई नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहँदा चीनले महामारी नियन्त्रण गर्दै आफ्नो अर्थलाई ट्रयाकमा ल्याउन सफल भएको जनाइएको छ । कोरोनाको उत्पत्ती भएको चीनमा विगत वर्षको तुलनामा सन् २०२० मा ६.८ प्रतिशतले थलिएको थियो । तर, चीनले महामारी नियन्त्रण गर्दै आफ्नो अर्थलाई ट्रयाकमा ल्याउन सफल भएको जनाइएको छ ।

चीनले आफ्नो सम्पूर्ण उद्योग व्यावसायलाई विस्तारै खोलिरहेको छ भने घरेलु कोरोना खोपलाई अन्य देशमा प्रदान गर्ने योजनाहरु बनाइरहेको कारण चीनको अर्थ व्यवस्था सुधार उन्मुख भएको देखिन्छ । महामारीको बेला सम्पूर्ण देशहरुले आफ्नो काम सञ्चालन गर्न विभिन्न प्रविधि मैत्री योजनाहरुलाई मान्यता दिइरहेको थियो । प्रविधि मैत्री सामाग्रीहरु चीनले अन्य मुलुकलाई चोहेअनुसार प्रदान गरेको कारण उसको अर्थमा सुधार भएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्