Logo

साइबर अपराध बढ्यो : महिला र बालबालिकाको संलग्नता डरलाग्दो



माघ ५, काठमाण्डौ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग भइरहेको छ । सामाजिक सञ्जालमा प्रयोग भएका शब्द तथा आलोचनालाई लिएर प्रहरीमा उजुरीका चाङ लाग्ने गरेका छन् । चालु आर्थिक बर्ष लागेयता वर्ष साइबर अपराध बढ्दै गएको हो ।

सूचना र प्रविधिको तिव्र विकाससँगै यसको दुरुपयोग पनि तिव्र गतिमा बढिरहेकोे छ । पछिल्लो समय इन्टरनेटको व्यापक प्रयोग बढेका कारण साइबर अपराध पनि बढ्दो छ । फेसबुक, ट्वीटर, यूटुब, ह्वाट्स एप, भाइबर, ईस्ट्राग्राम, ईमो जस्ता सामाजिक सञ्जालमा हिंसात्मक र अश्लील समाग्री राख्ने मात्र नभइ धम्की दिने, गालीगलौज गर्ने र चरित्रहत्या गर्नेसम्मका हर्कत बढेको देखिन्छ । सामाजिक सञ्जाल मार्फत व्यक्ति, संस्था र समूहलाई गाली गर्नेहरुको जुमा महिला र बालबालिकाको संख्या संख्या बढी रहेको छ ।

हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको बृद्धि भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सन्देशमूलक बनाउनुभन्दा पनि मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम बनाउँदा कतिपय सन्दर्भमा व्यक्ति र समाजको प्रतिष्ठा र त्यससँग जोडिएका सबै अवयवहरूलाई असर गरेको छ । पछिल्लो समय राजनीतिक दल वा सामाजिक अभियानकर्ताहरू यस्ता सञ्जालको चर्को सिकार भएका छन् ।

केन्द्रीय साइबर ब्युरोका बरिष्ठ प्रहरी उपरिक्षक नविन्द्र अर्यालका अनुसार साइबर ब्युरोमा धेरै वटा उजुरी आउने गरेका छन् । जसमा अधिकांश निवेदन सामाजिक सञ्जालका प्रोफाइल ब्लक र फेक आईडी बनाइएका महिला र बालबालिकालाई केन्द्रीत छन् रहेको छ । ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको अर्यालले बताए ।

चालु आर्थिक बर्षको ७ महिनाको तथ्यांक हेर्दा १२ सय भन्दाबढी साइबर अपराधका घटना दर्ता भएका छन् । त्यस मध्ये २५ वटा मुद्धा टेक्ने रहेका छन् । सबैभन्दा बढी साइबर अपराध फेसबुकमा ‘फेक आइडी’ बनाएर गर्ने गरिएको तथ्यांकले देखाएको छ । त्यस्तै यूट्व अपलोड, ईस्ट्राग्राम, इमेल ह्याक, ह्वाट्स एप र टुईटरबाट बढी महिला र बालबालिका अपराध गरेकाले मुद्दा चलाइएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्यूतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नपाइने उल्लेख छ । यस्तो सजाय गरेबापत १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्