Logo

संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौ, ६ माघ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)को आयोजनामा संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष श्री प्रदीप पोखरेलको सभापतित्वमा र पूर्वससभामुख दमननाथ ढुङ्गानाको प्रमुख आतिथ्यता आइतबार नयाँ वानेश्वरको अल्फाविटा हलमा सम्पन्न भएको छ।

अन्तरकृया कार्यक्रममा विशेष अतिथिकोरुपमा नेपाली कॉग्रेसका युवानेता श्री गगन थापा, नेकपाका नेतृ शशी श्रेष्ठ, नेकपाका नेता श्री लिलामनी पोखरेल, जनता समावजादी दलका नेता श्री बुखेशचन्द्र लालको उपस्थिति रहेको थियो । साथै नागरिक समाजका प्रतिनिधिहरु, अधिकारकर्मीहरु, पत्रकार, बुद्धिजिवी लगायतका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
उक्त कार्यक्रममा विश्लेषक तथा अनुसन्धानकर्ता श्री राजाराम बर्तौलाले संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिकाको सैद्धान्तिक पक्षमा केन्द्रित रही आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सहभागी अतिथिहरुले मुलुकको वर्तमान अवस्थाले श्रीजना गरेको अवस्था र २०७४ मा भएको निर्वाचन पछि वनेको सरकार प्रतिपक्षदलहरुबाट भएगरेका कामकारवाहीहरुको तुलनात्मक समीष गर्दै आ–आफ्ना जिज्ञासा, धारणा एवम् टिप्पणीहरु प्रस्तुत गरिए ।

सहभागीहरुले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु र मुलतः प्रमुख प्रतिपक्षले रचनात्मक भूमिका प्रदर्शन गर्न सक्षम नभएको धारणा व्यक्त गर्दै प्रतिपक्ष कमजोर हुनुमा सत्ता पक्षसँगै राज्यको श्रोतमा मिलेर भागवण्डा गरी शक्ति र श्रोतको उपयोग गर्ने नीतिको प्रमुख कारणको रुपमा लिएका थिए । प्राय सहभागीहरुले नेपाली काँगे्रसले जनताको साझा मुद्धामा अडान लिन नसकेको, शत्तापक्षमा सर्वसत्तावादी सोच हावी हु‘दापनि प्रतिपक्षले नियन्त्रण र सन्तुलन गर्न नसको जस्ता टिप्पणीहरु गरिए । शत्तापक्षवाट संविधानको धज्जी उडडाउंदा सवै प्रतिपक्ष, नागरिक समाज, मिडिया र चेतनशील नागरिकले आवाज उठाउन पर्ने धारण समेत व्यक्त गरिए ।

सहभागीहरुले आफ्नै दल भित्र पनि लोकतन्त्तको अभ्यास गरिनुपर्ने, लगायत प्रतिपक्षी राजनीतिक दलहरुले अपाङ्गता, पिडित, पिछडिएका, दलित, सिमान्तकृत, मधेशी, अल्पसङ्ख्यक आवाजहीनहरुको आवाज उठाउन नसकेको लगायतका मुद्धाहरु प्राथमिताकासाथ उठाएका थिए ।

कार्यक्रमलाई संवोधन गर्नुहु‘दै नेकपाका नेता श्री लिलामणी पोखरेलले प्रतिपक्षको परिभाषालाई अझ फराकिलो पार्नुहु‘दै यसभित्र नागरिक समाज, मिडिया र सचेत वर्ग पनि पर्ने र शत्तापक्षकै असंतुष्ट सांसदहरु समेत पर्ने बताए । वर्तमानमा विकसित राजनीतिक घटनाक्रम तर्फ इंगित गर्नुहु‘दै प्रमुख प्रतिपक्ष नेपाली कॉगेसले अदालतमा रहेको संसद विघटन सम्वन्धी मुद्धामा दोहोरो चरित्र देखाएको समेत भने । संविधान अपूर्ण भयो होला तर यो सम्झौताको दस्तावेज हो भन्नु हु‘दै अहिले विवाद र लडाञी लाभको लागि नभई सैद्धन्तिक लडाञी भएको समेत बताए ।

जनता समाजवादी दालका नेता श्री बृखेसचन्द्र लालले कार्यक्रममा उपस्थित सहभागिहरुलाई संवोधन गर्दै भन्नुभयोर्, हामीले अवलम्वन गरेको राजनीतिक पद्धतिले स्थिरता नै पाउन सकेन र यसको अभ्यासको छोटो समयमा नै यसलाई भत्काउने दुस्प्रयास भएको छ । लोकतान्त्रिक, संघीय गणतन्त्रलाई सर्वमान्य वनाईनु पर्नेमा यहां त आफ्नो वर्चस्वलाई कायम राख्ने सोच हावी भएको छ । साथै राजनीतिक पद्धतिका आधारस्तम्भहरु न्यायपालिका, व्यवस्थापिका लगायत संविधान प्रदत्त अंगहरुलाई भत्काउने प्रयास गरिएको छ । ठूला राजनीतिक दलहरु निष्टावान नभएको कारणले आजको अवस्था आएको भन्नुहु‘दै संविधानवादको रक्षा गरिनुपर्ने कुरा वताए ।

नेपालको संविधान विवादस्पद भएको हु‘दा धरापमा पर्दैछ भन्दै पछाडिको ढोकाबाट छिरेर लाभ, हानी खोज्नेहरुबाट प्रतिपक्षको काम हुन सक्दैन भन्ने धारणा समेत राखेका थिए। कार्यक्रमका युवा आकर्षण तथा प्रखर वक्ता उदयिमान नेपाली कॉग्रेका युवा नेता श्री गगन थापाले कार्यक्रममा वोल्नुहु‘दै नेपाली कॉग्रेस वहुलवादमा विश्वास गर्ने दल भएको र लोकतन्त्रप्रतिको अटल निष्ठा भएको दल भएकोले यसले संवैधानिक सर्वोच्चतालाई अंगिकार गरेको छ भन्नुहु‘दै संविधानमाथि कतैवाट हमला हु‘दा त्यसको सशक्त प्रतिकार गरिने समेत बताए ।

प्रमुखप्रतिपक्षको रुपमा संसदमा नेपाली कॉग्रेसको उपस्थिति एउटा जिम्मेवार प्रतिपक्षको रुपमा रहेको र यसले रचनात्मकरुपमा प्रतिपक्षको भूमिका खेलेको समेत बताए । प्रतिपक्षको भूमिकालाई चार भागमा ९एगचउयकभ, इउउयकभ, भ्हउयकभ, बलम म्भउयकभ० वर्गिकरण गर्नुहु‘दै सरकारलाई संधै प्रतिपक्षको डर हु‘नुपर्नेमा सरकारलाई प्रतिपक्षले डर श्रृजना गर्नसकेको भए आजको यो स्थिति आउने थिएन भनी प्रमुख प्रतिपक्षको कमजारी समेत दर्शाए। विधिको शासन नै लोकतन्त्रको मर्म भएको हु‘दा शाशकीय जिम्मेवारी सम्पन्न गर्दा पारदर्शीता महत्वपूर्ण रहेको हुन्छ । त्यसैगरी प्रतिपक्षले सरकारसँग राख्ने सम्वन्ध पारदर्शी हुनुपर्ने, र अपारदर्शीरुपमा शत्तापक्षसंग लसपस गर्ननहुन भन्ने धारण समेत राखे ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वसभामुख श्री दमननाथ ढुङ्गानाले सम्वोधन गर्नुहु‘दै वर्तमान राजनीतिक परिस्थितिवाट सिर्जित घटनाक्रमलाई विश्लेशष गर्नु हु‘दै परिस्थितिको मुलकारक संविधानका संरक्षक राष्ट्रपतिवाट चुक हुनगएको वताउनु भयो । साथै संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको कारणले पनि प्रतिनिधिसभा विघटन भएको हो भन्ने धारण व्यक्त गरे। संविधानले लिक छोडिसको हु‘दा सम्भावित दुर्घटना टार्न संसदको पुनरस्थापना हुनुपर्ने भन्ने विचार समेत व्यक्त गरे । नेपाल कम्यूनिष्ट पार्टीको दलीय चरित्रको चित्रण गर्नु हु‘दै के कम्यूनिष्ट पार्टी फुटेकै हो र भनी प्रश्न गरे । संसद पुनरस्थापना भएपनि पुनः ओलीनै प्रधानमन्त्री हुनसक्ने सम्भावना पनि छ भन्नु हुंदै सेटिङको पोलिटिकल डायनामिजम् पनि रहेको तर्फ सचेत गराए ।



प्रतिक्रिया दिनुहोस्