प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरूमा मंगलबारको बहस सुरू


काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ। आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस सुरु गरेका छन्। आईतबारदेखि जारी बहसमा अहिलेसम्म अधिवक्ताहरु डा. भीमार्जुन आचार्य, डा. दिनेश त्रिपाठी, सुनिल कुमार पोखरेल, दीनमणि पोखरेलले बहस गरिसकेका छन् । File Photo/ReportersNepal