Logo

सिडिओलाई पक्राउ पूर्जी



काठमाडौं, ६ माघ । देशमा ठूला बडाहरुलाई कसरी सेटिङमा उन्मुक्ति दिइन्छ भन्ने घटना हालै बाग्लुङमा देखिएको छ । गलत विवरणको आधारमा नागरिकता दिएको आरोप लागेका एक सिडिओलाई गृह मन्त्रालयसमेतको मिलेमतोमा उन्मुक्ति दिइएको छ ।

कथा हालै मनाङको सिडिओबाट हटाइएका धुव्र गिरीको हो । उनी दुई वर्षअघि बाग्लुङमा सहायक सिडिओ थिए । त्यतीबेला चलखेलका आधारमा नक्कली बाबुआमा खडा गरी नागरिक दिइएको थियो । दुई महिनाअघि बाग्लुङ प्रहरीले सो घटनाको अनुसन्धान ग¥यो । त्यसरी नागरिकता लिने लगायतलाई प्रहरीले पक्राउ ग¥यो । नागरिकतामा हस्ताक्षर गर्ने गिरीलाई भने प्रहरी, अदालत र गृह मन्त्रालय मिलेर जोगाएको हो ।जापान जानका लागि त्यसरी नक्कली नागरिकता बनाउने पंकट सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले जापान रहेका एक व्यक्तिका छोरा जसमा तत्कालीन वडा नम्बर ४ का वडासचिव प्रेमबहादुर खड्कालाई पक्राउ गरेको थियो ।

यसमा सिडिओ गिरीलाई फरार प्रतिवादी बनाएर मद्दुा त चलाइयो र तर पछि अदालतमा उपस्थित गराएर साधारण तारेखमा छाड्ने सेटिङ मिलाइएको थियो । मुद्दा चलेपछि उनलाई निलम्बन समेत गरिएको हो । गिरीलाई मनाङबाट पर्सा सरुवा गरिएको छ । बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठ, बाग्लुङका सिडिओ सुरेश न्यौपानेलगायत मिलेर गिरीलाई उन्मुक्ति दिइएको बताइन्छ । पक्राउ पूर्जी जारी भएर फौजदारी मुद्दा खेपिरेहका उनी अहिले पनि सिडिओ कार्यालयमै कार्यरत छन् ।

अचम्म के छ भने यस्तै घटनामा संलग्न जिल्ला प्रशासयन कार्यालय झापाका केही कर्मचारी जेलमा छन् । यता बाग्लुङमा भने सिडिओलाई उन्मुक्ति दिइएको छ । यसै काण्डमा परेका वडाध्यक्षलगायत केही व्यक्ति सामान्य धरौटीमा छुटेका छन् ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्