Logo

भीम रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिने मन्त्री आलेको घोषणा (भिडिओसहित)



काठमाडौं, ६ माघ । वन तथा वातावरणमन्त्री प्रेम आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले चुनाव जितेर देखाए आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री आलेले भने,‘हामीसँग प्रचण्ड र माधव नेपालको तुलना हुन्छ र ? कांग्रेसको त तुलना हुँदैन् । मैले अघि नै भनिसकेको छु, भीम रावलले चुनाव जितेर देखाउन, म राजनीतिबाट सन्यास लिन्छु ।’ हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्