Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ६ माघ । अवैध लागूऔषध सहित पक्राउ २ जना पक्राउ परेका छन् । दमक नगरपालिका–३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिरको घरबाट उनीहरूलाई उक्त लागूऔषध र ५ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी झापा बुद्धशान्ति गाउँपालिका–४ किरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रवेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले प्रवेशलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्